काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ६२ औं शाखा दोलखा उद्घाटन गरेको छ । दोलखाको चरिकोटमा उक्त नयाँ शाखा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार अधिकृत कवि फुँयाल र दोलखा क्षेत्र नं. २ प्रदेश सभाका सांसद पशुपति चौलागाईंद्वारा संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
दोलखाका स्थानिय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धी जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका सो शाखा विस्तार गरिएको हो । २०७४ कार्तिक देखि संचालनमा आएको सिटिजन लाइफ इन्स्योरेन्समा नेपालभर ६२ वटा कार्यालय र २०० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । नेपालीहरुको आवश्यकता र जोखिमलाई न्युनिकरणको निमित्त जीवनबीमा योजना ल्याउन तयार भएकाे छ ।
उक्त इन्स्योरेन्स आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बीमा शुल्क संकलनमा ६० प्रतिशत र सोहीअवधिको खुदनाफामा १२० प्रतिशतभन्दा बढीले बृद्धि हुनुका साथै २०७५ पौष मसान्त सम्ममा रु.२४५ करोडको लगानी रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्