काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका अन्तर्गत वडा नं. ९ रजैयामा एक्सटेन्सन काउन्टरको स्थापना गरेको छ ।
उक्त एक्सटेन्सन काउन्टरको आरम्भ समारोहमा उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
बैंकले यस अघि नै मकवानपुरको हेटौंडा तथा मनहरी गरेर दुई स्थानमा आफ्ना शाखा कार्यालयहरु स्थापना गरिसकेको छ । उक्त रजैया एक्सटेन्सन काउन्टरबाट बैंकले उक्त क्षेत्रका ग्राहकहरुलाई बैंकले नगद जम्मा तथा भुक्तानी गर्ने, रेमिटेन्स भुक्तानी गर्ने तथा पठाउने, चेक क्लियरिङ गर्ने, एबिबिएस सुविधा लगायत विभिन्न बैंकिङ्ग सेवाहरु उपलब्ध गराउने जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्