काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनलले भीमढुंगा, रामकोटमा रहेको त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई ५० हजार आर्थिक सहयोग गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबिच बैंकद्वारा सो संस्थालाई ५० हजारको चेक हस्तान्तरण गरेको हो ।
उक्त सहयोग रकम उपयुक्त कक्षहरुको निर्माण,व्यवस्थापन तथा संचालनका लागि प्रयोग गरिने कुरा पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष पोखरेलले जानकारी दिए ।
सन् २०१२ देखि भीमढुंगा क्षेत्रका जिज्ञासु स्थानीय वासीलाई विज्ञान, प्रविधि, साहित्य, धर्म, इतिहास, भूगोल, स्वास्थ्य,वातावरण,यौन, कृषि, पशु स्वास्थ्यआदि जस्ता विषयका पुस्तकहरु उपलब्ध गराई ज्ञान आर्जन गर्ने माहोल बनाउन त्रिवेणी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र तत्पर रहेको छ ।
आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जनाएको छ ।
हालसम्म बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्