काठमाडौँ – देवः विकास बैंक लि.ले बारवर्दिया नगरपालिकाको वडा नं ६ मा मगरागढी शाखा कार्यालय शुरु गरेको छ । बारवर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले शाखा कार्यालय उद्घाटन गरे ।
बैंक संचालक समितिका अध्यक्ष बज्र गुरुङ्गको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा बिशेष मन्तव्य दिनु हुँदै बारबर्दिया नगरपालिकाका प्रमुख थारुले स्थानीय उद्यमशीलता तथा कृषि क्षेत्रको विकास सँगसँगै यस क्षेत्रको आर्थिक एवं सामाजिक विकासमा देवः विकास बैकले अग्रणी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।
यसैबीच, मधुवन नगरपालिकाको वडा नं. ०६ स्थित सानोश्रीमा ताराताल शाखा उद्घाटन भएको छ । फागनु २३ गते एक समारोहमा मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर केसीले शाखा उद्घाटन गरे । उपरोक्त कार्यक्रमहरुमा स्वागत मन्तव्य दिनु हुँदै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्नका लागि बिस्तार गरेको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्