Skip to content
LAXMI SUNRISE BANK

बनियानी बजार र सोमवारे चोकमा एक्सेल डेभलपमेन्ट बैंकको नयाँ शाखा सञ्चालन

अर्थ सरोकार

 झापा

काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंकले सोमबार दुई नयाँ शाखा सञ्चालन भएको छ । बैंकको नयाँ शाखा झापाको कचनकवल गॉउपालिका बडा नंं ६ स्थित बनियानी बजार र भद्रपुर नगरपालिका वडा नंं २ स्थित सोमवारे चोकमा सञ्चालन भएको हो ।
बैंकको बनियानी शाखाको उद्घाटन कचनकवल गॉउपालिकाका प्रमुख अन्जार आलम र बैंकका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले गरेका थिए  । त्यसैगरी सोमवारे शाखाको उद्घाटन प्रदेश नंं १ का प्रदेश सभासद बसन्त बानिया, भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ र वैंकका अध्यक्ष ढकालले संयुक्त रुपमा गरेका थिए ।
 उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार पोख्रेल, नायव प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरी लगायत स्थानिय समाजसेवी, बुद्धिजिवी, ब्यापारी तथा स्थानिय जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थीती रहेको उक्त कार्यक्रम सञ्चालन कम्पनी सचिव श्याम बहादुर बोहोराले गरे ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK