काठमाडौं – एक्सेल डेभलपमेन्ट बैंकले चार नयाँ शाखाको विस्तार गरेको छ । बैंकले झापाको बनियानी, सोमबारे, खुदुनावारी र गरामनी गरी चार शाखाको उद्घाटन गरी बैंकिङ कारोबार सरु गरेको छ । झापाको कचनकवल गॉउपालिका बडा नंं ६ स्थित बनियानी शाखाको उद्घाटन कचनकवल गॉउपालिकाका प्रमुख अन्जार आलम र एक्सेल डेभलपमेन्ट वैंकका संचालक समितिका अध्यक्ष हेमराज ढकालले संयुक्त रुपमा गरे ।
त्यसैगरी भद्रपुर नगरपालिका वडा नंं २ स्थित सोमवारे शाखाको उद्घाटन प्रदेश नंं १ का प्रदेश सभासद बसन्त कुमार बानिया, भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवन कुमार श्रेष्ठ र वैंकका अध्यक्ष ढकालले संयुक्त रुपमा गरे । अर्जुनधारा नगरपालिका ३ मा रहेको खुदुनावारी शाखाको उद्घाटन नगर प्रमुख हरि कुमार राना र वैंकका संचालक समितिका सदस्य गणेश प्रसाद खनालले संयुक्त रुपमा गरे । विर्तामोड नगरपालिका ७ स्थित गरामनी शाखाको उद्घाटन बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुव कुमार शिवाकोटी र वैंकका संचालक समितिका सदस्य पुरुषोत्तम लम्सालले संयुक्त रुपमा गरे ।
हालसम्म बैंकले ३० स्थानबाट आवाश, सवारी साधन, व्यक्तिगत, व्यापारिक लगायत कर्जा सुविधा प्रदान गर्नुका साथै अन्य आधुनिक बैंकिङसेवा, रेमिटान्स सेवा लगायतका सेवा मार्फत आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । निकट भविष्य नै बैंकले पाचथरको फिदिम, सुनसरीको इनरुवा, इटहरी, भुटाहा र भमरीमा पनि आफ्नो शाखा विस्तार गर्ने लक्ष्य रहेको बैेंकले जनाएको छ । पछिल्लो समय बैंकले शाखा विस्तार आक्रमक ढङगले विस्तार गर्दै र्आको छ । चैत्र मसान्त भित्र बैंकले ३० शाखाबाट ३६ ओटा शाखा पुर्याइ ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा दिने लक्ष्य लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्