×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा, आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाद्वारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ग्लोबल आइएमई बैंकको नयाँ शाखा सल्यानको श्रीनगरमा, आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाद्वारा उद्घाटन

Artha Sarokar

१० चैत्र २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सल्यान

काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेडले सल्यान जिल्लाको श्रीनगरमा नयाँ शाखा स्थापना गरेको छ । सल्यान जिल्लाको श्रीनगर र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आइतबार औपचारिक रुपमा उद्घाटन गरे ।
उक्त अवसरमा मन्त्री ज्वालाले श्रीनगर तथा वरपरको क्षेत्रको आर्थिक विकास तथा गतिविधि र बैंकिङ सेवाको पहुँचको लागि बैंकले यस क्षेत्रमा शाखा विस्तार गरेकोमा खुसी व्यक्त गर्नुका साथै यस क्षेत्रको आर्थिक विकासमा ग्लोबल आईएमई बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत स्थानीय जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष ढकालले श्रीनगरमा शाखा विस्तार गरेर यस क्षेत्रमा संकलन भएको निक्षेप यसै क्षेत्रमा लगानी गर्ने र व्यापार व्यवसाय विस्तार गर्न सहयोग गर्ने र साथसाथै बैकिङ्ग पहुँच नपुगेको स्थानमा समेत बैकिङ्ग पहुँच पुर्याउने बताए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी