काठमाडौँ – ग्लोबल आइएमई बैंकबाट १० औँ इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क भुक्तानी गर्न मिल्ने भएको छ । बैंकले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सेवा दिने भएको हो ।
चैत ८ गतेदेखि चैत१७ गतेसम्म सञ्चालन हुने १० औँ इपिएस कोरियन भाषा परीक्षा को परीक्षा शुल्क संकलनका लागि नेपाल सरकार श्रम मन्त्रालय वैदशिक रोजगार विभाग ईपिएस शाखा र ग्लोबल आइएमई बैंक लि. बिच चैत १ गते सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंक लि. को तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र ईपिएस शाखाको तर्फबाट निर्देशक कृष्ण प्रसाद खनालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्लोबल आइएमई बैंक लि. का पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका आफ्ना १३३ शाखा कार्यालयहरुमा छुट्टै काउण्टरको व्यवस्था गरि परिक्षा शुल्क संकलन सेवा प्रदान गर्नेछ भने ग्लोबल आइएमई बैंक लि.को मोवाईल बैंकिङ्ग एप “ग्लोबल स्माट” तथा अनलाईन बैंकिङ्ग “ग्लोबल अनलाईन” मार्फत लाईनमा नबसी जहाँकहिँबाट सरल र सहज तरिकाले सेवाग्राहिले परीक्षा शुल्क भुक्तानी गर्न सक्नेछन् ।
नेपाल सरकार श्रम मन्त्रालय बैदशिक रोजगार विभाग ईपिएस शाखासंगको सहकार्यमा सुरुवात देखि नै ग्लोबल आइएमई बैंकले इपिएस भाषा परीक्षा शुल्क संकलन सेवा प्रदान गर्दै आइरहेको छ । ग्लोबल आइएमई बैंक इपिएस भाषा परीक्षाको शुल्क संकलन गर्ने एक मात्र बैंक हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्