Skip to content
LAXMI SUNRISE BANK

गायिका मेलिना राई बनिन् गोर्खाज फाइनान्सको ब्राण्ड एम्वेसडर

अर्थ सरोकार

काठमाडौँ – गोर्खाज फाइनान्सले चर्चित गायिका मेलिना राईलाई आफ्नो ब्राण्ड एम्वेसडर नियुक्त गरेको छ । फाइनान्सले नेपाली संगित क्षेत्रकी गायिका राईलाई शुक्रबार एक कार्यक्रम गरि एक बर्षका लागि एम्वेसडर नियुक्त गरेको हो । एम्वेसडर नियुक्त सम्बन्धी सम्झौता पत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लाल बहादुर थिङ र गायिका राईले हस्ताक्षर गरेका छन् । कार्यक्रम फाइनान्सका अध्यक्ष प्रेम बहादुर खापुङ्ग, गोर्खा समुहका संयोजक पुरञ्जन राई, गोर्खाज फाइनान्सकै पुर्व अध्यक्ष महेन्द्र लाल राई तथा फाइनान्सका संचालकहरु यादव चन्द्र राई तथा खड्ग बहादुर गुरुङको उपस्थिती रहेको थियो ।
सम्झौता कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत थिङले गायिका मेलिना राई सँगको सहकार्यले फाइनान्सको व्यावसाय प्रवद्र्धनमा सहयोग पुग्ने बिचार ब्यक्त गरे । सम्झौताले फाईनान्सको व्यवसाय प्रवर्दन सहयोग पुग्ने तथा संस्थागत सामाजिक उत्तरदायित्वमा पनि टेवा पुग्ने फाइनान्सले जनाएको छ । सम्झौता सँगै गायिका राईले देश तथा विदेशमा समेत गोर्खाज फाइनान्सको व्यवसाय प्रवद्र्धनमा सहयोग बताईएको छ ।
राष्ट्रिय स्तरको गोर्खाज फाइनान्स लिमिटेडले सात वटै प्रदेशमा २३ वटा शाखा मार्फत् आफ्ना ग्राहकलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ । हाल फाइनान्सले आफ्नो सेवाग्राहीलाई आधुनिक वित्तीय सेवाहरु मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आइ. पि. एस., डेविट कार्ड, सि–आस्वा लगायतका सेवाहरु प्रदान गरिरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK