Skip to content
LAXMI SUNRISE BANK

गुहेश्वरी मर्चेण्टको नयाँ शाखा रुपन्देहीको बुटवलमा, अशोककुमार पौडेल र श्रीमान श्रेष्ठले गरे उद्घाटन

अर्थ सरोकार

 बुटवल

काठमाडौँ – गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले रुपन्देहीको बुटवलमा बाह्रौँ शाखा कार्यालय सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंक, प्रदेश नं ५ का क्षेत्रीय निर्देशक अशोककुमार पौडेल तथा संस्थाको अध्यक्ष श्रीमान श्रेष्ठले एक समारोहका बीच शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
कम्पनीले निक्षेप संकलन ३ अर्ब १५ करोड तथा कर्जा ३ अर्ब २ करोड प्रवाह गरी ४ करोड ३९ लाख संचालन मुनाफा गरेको जनाएको छ । वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा १५ करोड १७ लाख रहेको छ । प्रधान कार्यालय हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरु काठमाडौको चावहिल,चुच्चेपाटी, अजरअमर रोड, हेटौडा, आदर्श नगर, विरगञ्ज, चारआली, विर्तामोड,थानारोड, दमक, कलैया बजार, बारा, मेनरोड ,जीतपुर, जनकपुर, धनुषा, नारायणगढ चितवन, देवकोटा चोक भैरहवा र रुपन्देहीको शाखा कार्यालयबाट सेवा प्रदान गर्दैै आएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK