काठमाडौँ – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दाङ्गको घोराहीमा शाखा मार्फत औपचारिक रुपमा जीवन बीमाको कारोबार प्रारम्भ गरेको छ । शनिबार दाङको घोराहीमा आयोजित एक विशेष समारोहका बीच नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त शाखा कार्यालयको उद्घाटन गरे ।
शाखा कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ढकालले करिव वीस बर्षअघि देखि नै आइएमई ग्रुपका विभिन्न सेवाहरू विशेष प्राथमिकताका साथ दाङ्गमा स्थापना गरिँदै आएको स्मरण गरे ।
त्यस्तै, आइतबार सल्यान जिल्लाको शारदा नगरपालिका १, श्रीनगरमा रहेको शाखा कार्यालयको उद्घाटन सल्यान जिल्ला समन्वय समितिका अध्यक्ष केशबहादुर विष्ट र आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकालले संयूक्त रुपमा गरे ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति विष्टले जिल्लामा आइएमई लाइफइन्स्योरेन्स कम्पनीको आगमनले स्थानीय बासिन्दाहरुमा जीवनबीमाको पहुँच र यसप्रतिको भरोसा अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
दुवै उद्घाटन समारोहमा उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय ध्रुबराज श्रेष्ठ (भारी) र भरत आचार्य, राष्ट्रि«य समाचार समितिका संचालक एवम् सम्पादक एकराज पाठक स्थानीय उधोगी व्यवसायी, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, सहायक महाप्रबन्धक आशिष सिंह लगायत आइएमई ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्