×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स सेवा देशभर विस्तार हुँदै, नारायणगढमा सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स सेवा देशभर विस्तार हुँदै, नारायणगढमा सुरु

२४ फाल्गुन २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं– मेरो सुरक्षाको मोबाइल प्रोटेक्शन प्लान उपत्यका बाहिर पनि विस्तार भएको छ । संचालनमा आएको छोटो समयमै मोबाइल प्रयोगकर्ताबीच लोकप्रिय बनेको मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा चितवनको नारायणगढबाट पनि मोबाइल इन्स्योरेन्स सेवा आरम्भ गरेको हो । 
विहीबार एक कार्यक्रमकाबीच नेपाल मोबाइल बितरक संघका अध्यक्ष दिनेश चुल्याधले मेरो सुरक्षाको नारायणगढ शाखाको शुभारम्भ गरे । उनले मेरो सुरक्षाको योजना ग्राहक, माबाइल व्यवसायी तथा राष्ट्रको हितमा रहेको उल्लेख गरे । 
नारायणगढको ए टु जेड मोबाइल हाउसका एक दर्जन बढी पसलहरुबाट मेरो सुरक्षाको प्रोटेक्सन प्लानमा सहभागि हुन सकिने छ । संघका महासचिव रघुनाथ तिवारीले मेरो सुरक्षाको मोबाइल इन्स्योरेन्स योजनाले प्रयोगकर्ता मात्र नभई व्यवसायी पनि लाभन्वित हुने बताए । 
राजधानीमा अपार सफलतापछि उपत्यका बाहिर पनि यसको माग बढेकाले विहिबारदेखि चितवनको नारायणगढमा मेरो सुरक्षाको प्रोटेक्शन प्लान संचालनमा ल्याइएको मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले जानकारी दिए । 
निकट भविष्यमा नै पोखरा, पाल्पा, बुटवल र तनहँुबाट पनि यो सेवा सुरु हुने सुनवारले बताए । मेरो सुरक्षाले यसअघि बीरगंजमा आफ्नो सेवा विस्तार गरिसकेको छ । सेवा सुरु गरेको पाँच महिनाको अवधिमा नै दश हजार बढी मोबाइल प्रयोगकर्ता मेरो सुरक्षाको प्रोटेक्शन प्लानमा आवद्ध भईसकेका छन् । 
दैनिक एक सय पचास जना नयाँ प्रयोगकर्ता यो प्लानमा सहभागि हुने गरेको मेरो सुरक्षाले जनाएको छ । साथै मेरो सुरक्षाले प्रोटेक्सन प्लानमा आबद्ध हुने प्रयोगकर्तालाई एक लाख रुपैयाँ बराबरको बीमा सेवा पनि उपलब्ध गराउँदै आएको छ । 
मेरो सुरक्षाका अनुसार जुनसुकै स्मार्टफोन बिग्रिएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तरर्गत नयाँ मोबाइल पाउने छन् । साथै कम्पनीले हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराई टेन्सन मुक्क्त जीवनमा सहयोग गर्नेछ ।
कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजना अनुसार प्रयोगकर्ताले सबै डाटा सहित मर्मत सम्भार सेवा सहित नयाँ मोबाइल सेट पाउने छन् । यो सेवा पाउनका लागि भने सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नु पर्ने हुन्छ ।
प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षा नामको मोबाइल एप डाउनलोड गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ । मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिन भित्र मेरो सुरक्षाले अर्को नयाँ मोबाइल उपलब्ध गराउने छ । यो सेवा मोबाइल पसलहरुबाट पनि लिन सकिने मेरो सुरक्षाले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी