×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता बैंकमा ‘किर्ते काण्ड’ : फर्जि लालपूर्जा उपर कर्जा प्रवाहमा संलग्न रहेको आरोपमा आधा दर्जन कर्मचारी ‘सस्पेन्ड’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आफ्ना कर्मचारीहरुलाई नियम विपरित तलव काटेर शोषण गरेको खबर सार्वजनिक भएपछि पछिल्लो समय एकाएक बदनाम हुँदै गएको जनता बैंक नेपालमा घटेको अर्को काण्ड बाहिर आएको छ । तत्कालीन सिद्धार्थ डेभलोपमेन्ट बैंकमा भएको किर्ते काण्ड मर्जरपछि सार्वजनिक भएपछि अहिले बैंकले आधा दर्जन कर्मचारीहरुलाई सस्पेन्ड गरेर फोर्स बिदामा राखेको छ ।
जनता बैंक स्रोतले दिएको जानकारी अनुसार तत्कालीन सिद्धार्थ डेभलोपमेन्ट बैंकमा फर्जी लालपूर्जा र किर्ते हस्ताक्षरका आधारमा दिइएको ऋण उपर अनुसन्धान हुँदै गर्दा केहि कर्मचारीहरुको संलग्नता भएको हुन सक्ने देखिएपछि उनीहरुलाई बैंकले सस्पेन्ड गरेको हो । बैंकको उपल्लो तहका एक अधिकारीले दिएका अनुसार अहिले ती कर्मचारीहरुलाई बिदामा बस्न भनिएको छ भने उनीहरुउपर र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
‘फर्जी लालपूर्जा उपर कर्जा प्रवाह गरेको भेटिएको छ । किर्ते गरेको भेटिएको छ । यो हामीकहाँ मर्ज भएको सिद्धार्थ डेभलोपमेन्ट बैंकको कुरा हो । तर अव यो हाम्रो जिम्मेवारी हो । कर्मचारी सस्पेन्ड गरेका छौं । थप अनुसन्धान भइरहेको छ । अनुसन्धानले के भन्छ त्यसपछि म अन्य जानकारी गराउँछु ।’ बैंकका एक उच्च अधिकारीले भने ।
यस विषयमा हामीले बैंकका सूचना अधिकारी अजय मिश्रसँग सम्पर्कको प्रयास गरेका थियौं । तर उनको फोन अफ छ । उनी बैंकबाट राजीनामा दिएर एक महिनाका लागि काम गरिरहेका छन् । राजीनामा दिएपछि पनि एक महिना काम नगरे बैंकले पैसा काटिदिने नियम बनाएको छ ।
यो पनि पढ्नुहोस् 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: