Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंकको ‘सिएसआर’: आगलागीबाट पीडित गुणकुमारी घिमिरेलाई ५० हजार आर्थिक सहयोग

अर्थ सरोकार

काठमाडौँ – ज्योति विकास बैंकले ललितपुरको भट्टेडाँडामा रहेको घरमा २०७५ माघ १४ गते भएको आगलागी बाट पीडित गुणकुमारी घिमिरेलाई राहत स्वरुप ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
फाल्गुन २५ गते शनिबार ललितपूर–१ प्रतिनिधि सभा सदस्य नबराज सिलवाल, प्रदेश सभा सदस्यहरु चेतनाथ सन्जेल, रामकाजी महर्जनको उपस्थिति तथा जिल्ला पार्टिका नेताहरु हरिकृष्ण ब्यनजनकार, चरसुन्दर महर्जन ,बाबुकाजी प्रधान, नबराज सन्जेल,निशान दर्लामी मगर लगायतको अगुवाईमा गुणकमारीलाई राहत तथा सहयोग संकलन समिति मार्फत ज्योति विकास बैंकले सहयोग गरेको ५० हजार समेत गरी ७ लाख ५० हजारको चेक हस्तान्तरण गरिएको छ ।
हालसम्म बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । भने यसै आर्थिक वर्ष भित्रथप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै,१ लाख ८२ हजारभन्दा बढि खाताबाट २४.१२ अर्बभन्दा बढिनिक्षेप संकलन गरी १६ हजारभन्दा बढि ऋणी मार्फत २१.३६अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK