काठमाडौं – ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र ह्याम्स अस्पतालबीच स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाश बिक्रम खत्री र अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले हस्ताक्षर गरेका थिए ।
व्यवसाय शुभारम्भ देखि बीमितहरुको स्वास्थ्य उपचारमा विशेष सेवा योजना स्वरुप “घातक रोग उपचार” सेवा सहितको बीमा योजना सार्वजनिक गर्ने पहिलो नेपाली कम्पनीको रुपमा आएको ज्योति लाइफ इन्स्योरेन्सले आफ्नो ग्राहकहरुको सेवा सुविधालाई ध्यानमा राखी ह्याम्स अस्पतालसंग स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न गरेको हो ।
उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निर्धारित मापदण्ड पूरा गरेका सम्पूर्ण ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले ह्याम्स अस्पतालबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।
यस सम्झौताले कम्पनीसंग आवद्ध सम्पूर्ण महानुभावहरु लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको र आगामी दिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गर्दै जाने योजना रहेको छ ।
उक्त कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर तथा हाडजोर्नी विभाग प्रमुख डा. भाष्कर राज पन्त लगायत अस्पताल र कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्