
डेबिट कार्ड सेवा सुरु गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले सेवा सुरुवात भएसँगै यसका ग्राहकले नेपाल र भारतमा रहेका भिसा नेटवर्कका सम्पूर्ण मेसिनबाट पैसा निकाल्न वा भुक्तानी गर्न सकिने जानकारी दिए । बैंकले निकट भविष्यमै क्रेडिट कार्डको फिचर भएको ओभरड्राफ्ट कार्ड लञ्ज गर्ने तयारी गरिरहेको समेत जानकारी दिए । योसँगै बैंक पूर्ण क्षमताको बैंक बन्ने समेत सीईओ बस्नेतले त्योसँगै बैंक पूर्ण क्षमता र सुविधायुक्त बैंक बन्ने दाबी गरे ।
बैंकका अध्यक्ष सुदीप आचार्यले बैंक व्यवस्थापन र कर्मचारीलाई प्रभावकारी रुपमा काम गर्दै बैंकको गरिमालाई उच्च बनाउन आग्रह गर्दै कामना सेवा विकास बैंक विकास बैंकहरुमै पहिलो बन्ने दिन धेरै टाढा नभएको बताए ।