काठमाडौं – विज्ञापन एजेन्सी ए एन एस प्रालिको सहायक कम्पनी एड प्याड प्रालिले चाहाना मिडिया प्रालिको नेपाल लोक स्टारको बजार प्रवर्धन तथा बिक्री वितरण गर्ने भएको छ । सो सम्बन्धी सम्झौतापत्रमा एड प्याडका निर्देशक सरोज बस्नेत र चाहाना मिडियाका तर्फबाट अध्यक्ष सहदेव कोइरालाले गरे ।
नेपाल लोक स्टार नेपाली मौलिकता झल्कने नेपालकै पहिलो रियालिटी शो हो । यसले देशको कुना कुनामा लुकेको लोक प्रतिभालाई उजागर गर्ने उदेश्यले यो कार्यक्रम संचालन गरिएको छ । यस कार्यक्रमका निर्णायक मण्डलमा बहुप्रतिभाशाली जय नन्द लामा, बिबि अनुरागी, रामजी खंड र सुनिता दुलाल रहेका छन् भने कार्यक्रमको होस्ट मिस नेपाल इन्टरनेसनल २०१२, शुभेक्ष्या खड्का र लोक गायक अशोक धिताल रहेका छन् ।
निकै रोमान्चक ढंगले आयोजित सोकार्यक्रममासाइलेन्ट अडिसन, ओपन अडिसन र जज अडिसनको छनौट प्रक्रिया हुनेछ । नेपाल लोक स्टार नेपालकै पहिलो एचडि र आधुनिक प्रबिधि युक्त च्यानल एपी वान एचडीमा यही २०७६ साल जेष्ठ २५ गतेबाट हरेक हप्ता शनिबार र आइतबार प्रशारण गरिने छ ।
यस कार्यक्रममा ३१ शृंखला रहने र तेश्रो, दोश्रो र पहिलो बिजेताहरुलाइ क्रमश दश लाख, पच्चिस लाख र पचास लाख नगद पुरष्कार प्रदान गरिनेछ ।
नेपालको लोक संगीत र कला लोप हुनबाट बचाउन यस कार्यक्रमको प्रमुख उदेश्य रहेको साथै नेपाल लोक स्टार अहिलेसम्मकै ठुलो सेट डिजाइनमा सबैभन्दा बढी सहभागीहरु समेटी सातै प्रदेशबाट विभिन्न कार्यक्रम सहित उक्त टेलिभिजनमा प्रस्तुत गरिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्