×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकले बनाएको, रबिन्द्र अधिकारीले उद्घाटन गर्न नभ्याएको पशुपति परिसरको त्यो ‘कक्ष’ (फोटो कथा)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

माछापुच्छ्रे बैंकले बनाएको, रबिन्द्र अधिकारीले उद्घाटन गर्न नभ्याएको पशुपति परिसरको त्यो ‘कक्ष’ (फोटो कथा)

  • अर्थ सरोकार सम्बाददाता 
‘नमस्कार मन्त्रीज्यु। 
नमस्कार भाइ। 
कता जान लाग्नुभयो? 
म त तेरथुम जान लागेको। भाइहरु कता तिर नी? 
हामी वर्दिया, ठाकुरद्वारा शाखा खोल्न जान लागेको । पशुपति परिसरमा शुक्रबार जुत्ता, चप्पल राख्ने लकरको उद्घाटन गर्न हजुरलाई अनुरोध गरेका थियौं । हजुर त जेनेभा तिर जानु हुने रहेछ। 
त्यहि त यो पल्ट त मिलेन । अस्ति सामान राख्ने लकरको गरेकै हो नि ।
हामी पशुपति क्षेत्र विकास कोषलाई शुक्रवार हस्तान्तरण गर्दैछौ। 
ल राम्रो। 
पशुपति परिसरमा स्मार्ट शौचालय निर्माण गर्ने भनेर लागेको १ वर्ष जति भयो भाइ, हेर न सानो काम मा झन ढिलो भैराखेको छ। 
यो वार्तालाप माछापुच्छ्रे बैंकका डेपुटी सीइओ सन्तोष कोइराला र स्वर्गीय रबिन्द्र अधिकारीबीचको हेलिकोप्टर दुर्घटना भएकै दिनको सम्बाद हो । यति वार्तालाप गरेर उनीहरु छुट्टिएका थिए । र रबिन्द्र अधिकारीले उद्घाटन गर्न नभ्याएको त्यहि कक्ष  फागुन १७ गते पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको छ । 

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतसुमन शर्माले उक्त कक्षको साँचो कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरेका थिए । बैंकले पशुपति मन्दिरमा आउने तीर्थालुको सुविधाको लागि जुत्ता–चप्पल लकर कक्ष र सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरेको हो । उक्त कक्ष सञ्चालनमा आए पश्चात तीर्थालुजनहरुले आफ्नो जुत्ता–चप्पल लकर कक्षमा सुरक्षित रुपमा राख्न सक्नेछन् ।

साथै, सोही परिसरमा दर्शनार्थीहरुको बस्न मिल्ने व्यवस्था लागि बेन्चहरु समेत राखिएको बैंकले जनाएको छ । यसका साथै, पशुपति परिसरमा २४औं घण्टा प्रयोग गर्न मिल्ने गरी एटिएम समेत जडान गरी सञ्चालनमा ल्याईसकेको बैंकले जानकारी दिएको छ । यसअघि बैंकले सोही परिसरमै मन्दिर दर्शन गर्न आउने दर्शनार्थी तथा पर्यटकहरुले ल्याउने सर–समानको सुरक्षाका निम्ति लकर कक्ष निर्माण गरीे पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिसकेको छ ।
हेरौं कार्यक्रम र बैंकले पशुपति परिसरमा राखेका बेञ्च, जुत्ता चप्पल कक्षका केहि झलकहरु :

 

 
 
 
 
 
 
 
 
 
 
 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: