काठमाडौँ – मुक्तिनाथ विकास बैंकको २ नयाँ शाखा दाङ्ग जिल्लाको घोराही र वर्दिया जिल्लाको गुलरीयामा शाखा कार्यालय विस्तार गरेको छ ।
घोराही शाखाको समुद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथिचौधरीले मुक्तिनाथ विकास बैकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।
गुलरीया शाखाको समुद्घाटन गुलरीया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथियादवले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड गर्नु हुँदै बैकको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।
मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी आफ्ना ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, लघुवित्त बैंकिङ्ग र ग्रामीण बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ए.टि.एम.कार्ड सेवा, ए.बि.बि.एस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्