Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकले गर्यो एकै दिन ५ स्थानमा वित्तीय साक्षरता कार्यक्रम

अर्थ सरोकार

मुक्तिनाथ विकास बैंकले “सबैमा वित्तीय साक्षरता,आजको आवश्यकता”भन्ने मूल आशयले विभिन्न ५ स्थानहरुमा वित्तीय साक्षरताकार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तीय साक्षरता कार्यक्रम विगत ५ बर्ष देखि निरन्तर संचालनगर्दै आईरहेको छ । 
बेंकले व्यास–०१, भादगाउँ, तनहुँ स्थित श्री जलदेवि माध्यामिक विद्यालय, पोखरा–३२, गगनगौडा, कास्की स्थित श्री ज्ञान ज्योति विद्याकुञ्जमा, सैनामैना–०६, भाटाचौर, रुपन्देही स्थित जनकल्याण उच्च मा.वि., मोदी– ०६,तिलाहार,पर्वत स्थितनवजागृत उच्चमा.वि रभरतपुर–०८, शरदपुर, चितवन स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्था लि.गरी जम्मा ५ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने,भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणको लागि बीमाको प्रयोग,सफा नोटको प्रयोग , बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने बारेमा जानकारी दिएको थियो । साथै, विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुलखर्च कमगर्न सकिन्छ ?यी विषयवस्तुमा समावेश गरिएको थियो ।
बैंकले हालसम्म २ सय ४१ वटा वित्तीय साक्षरता कार्यक्रम मार्फत कुल ४५ हजार जना सहभागीहरुलाई वित्तिय साक्षरता प्रदान गरी सकेको छ । यो कार्यक्रमलाई आगामी दिनमा पनिनि रन्तरता दिईरहने जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK