Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकले घटायो कर्जाको व्याजदर

अर्थ सरोकार

काठमाडौँ – मुक्तिनाथ विकास बैंकले कर्जाको व्याजदर घटाएको छ । बैंकले यस वर्षको माघ महिना देखि आधुनिक बैंकिङबाट प्रदान गरिरहेको कर्जाहरुमा तथा फागुन देखि साना तथा लघुवित्त तर्फबाट समेत प्रदान गरिरहेको कर्जाहरुमा शुन्य दशमलव ५ प्रतिशत सम्मले ब्याजदर घटाएको छ । 
आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको बैंकले ग्राहकहरुलाई लक्षित गरी ग्राहकहरुलाई नै प्रदान गर्ने कर्जाको ब्याजदर घटाएको हो । ग्राहकहरुको सेवामा सहजता होस भन्ने उद्देश्यले कर्जाको व्याजदर घटाएको बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK