काठमाडौँ – नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यलय धनगढी जिरोमाइलको आयोजनामा चैत्र २ गते शनिबार संस्थाका केन्द्र प्रमुखहरुको गोष्ठी जिरोमाइलमा सम्पन्न भएको छ।
७१ जना केन्द्र प्रमुखहरुको उपस्थिति रहेको उक्त कार्यक्रम अनुगमन भिभागका कन्चन पटेलको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा उपस्थित महानुभाबहरुलाई स्वागत तथा कार्यक्रमको उदेश्य माथि संस्थाका उपमहाप्रबन्धक दुर्गा न्यौपानेले प्रकाश पारेका थिए। उक्त कार्यक्रममा १५ जना केन्द्र संयोजकहरुले संस्थाबाट गाउँ घरमै प्रदान भएको वित्तीय साक्षरता र छिटो छरितो बैंकिंग सेवाबारे खुलेर प्रशंसा गर्नुका साथै थप सेवा सुबिधा समेत प्रदान गर्नुपर्ने कुरामा जोड दिएका थिए।
कार्यक्रमको अन्त्यमा सहभागीबाट उठेको जिज्ञासा र लघुवित्तको आगामी कार्यदिशा र सेवा सुविधाका बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेले ब्याख्या गर्नु भएको थियो। १० जिल्ला कार्यक्षेत्र भएको नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लि.ले २४ ओटा शाखामार्फत वित्तीय सेवा उपलब्ध गराउंदै आएको छ। आगामी दिनमा देशै भरि कार्य क्षेत्र बिस्तार गरि राष्ट्रको गरिबी निवारणको कार्यक्रममा टेवा पुर्याउने उदेश्य संस्थाको रहेको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्