काठमाडौँ – नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले नेपाली क्रिकेट क्षेत्रका उदीयमान खेलाडीद्वय आरिफ शेख र रोहित कुमार पौडेललाई ब्रान्ड एम्बेस्डरका रूपमा नियुक्त गरेको छ । क्रिकेटरद्वयलाई २२ फागुनदेखि २ वर्षका लागि नियुक्त गरेको बैंकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले नेपाली क्रिकेट खेलाडीद्वय शेख र पौडेललाई बैंकको ब्रान्ड एम्बेस्डरका रूपमा आबद्ध गराउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । क्रिकेटरसँगको सहकार्यले बैंकको ब्रान्ड प्रवद्र्धनमा सहयोग पुग्ने उनको विश्वास छ ।
दुवै खेलाडीको वृत्ति विकासका लागि मासिक जनही २५ हजार रुपैयाँ दिने पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले जानकारी दिए । बैकले हाल १ सय २५ शाखा तथा ७४ एटिएम मार्फत आधुनिक वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्