काठमाडौँ – नेपाल बैङ्क लिमिटेडको नयाँ शाखा धादिङ जिल्लाको धादिङवेसीमा सञ्चालन भएको छ । धादिङवेसीमा स्थापित शाखाको नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी र नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले संयुक्त रुपमा उद्घाटन गरे ।
सो अवसरमा बैंकका अध्यक्ष अधिकारीले बैंकले धनी र गरीव दुवैलाई समान दृष्टिले हेरि बैकिङ सेवामार्फत आर्थिक उन्नतीमा सघाउने वताए । त्यसैगरी बैकका प्रमुख कार्यकारी अधिकृत शाहले नेपाल बैंक लिमिटेड हाल वित्तीय आधारमा सवल बैकको रुपमा विकसित भएकोमा प्रशन्नता व्यक्त गर्दै यस शाखाबाट यस क्षेत्रको आर्थिक सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास प्रकट गरे ।
बैंकको १६० औँ शाखाको रुपमा स्थापित उक्त शाखाको समुद्घाटन समारोहमा विशिष्ट अतिथिहरु पूर्व सांसद रामनाथ अधिकारी, प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला समन्वय समितिका अध्यक्ष जगन्नाथ नेपाल, अतिथिहरु नीलकण्ठ नगरपालिकाका प्रवक्ता गौतमहरि अधिकारी, वडा नं ३ का अध्यक्ष होमनाथ रिजाल, नेउवासंघ धादिंगका पूर्व अध्यक्ष तथा व्यवसायी ध्रुव थापा लगायतका वक्ताहरुले शुभकामना मन्तव्य गरेका थिए ।
नेपाल बैंक लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेकोका कार्य बैंकका शाखा प्रवन्धक गुणनिधि श्रेष्ठ, नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना, प्रहरी प्रमुख राजकुमार वैदवार, नेपाली सेनाका गणपति, सशस्त्र प्रहरी प्रमुखको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्लाका विभिन्न कार्यालय तथा वित्तीय संस्थाका प्रमुखहरु, उद्यमी व्यापारी तथा स्थानीय सर्वसाधारणको उपस्थिति थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्