काठमाडौं – बीमा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सुरु हुन लागेको घुम्ती बीमा राष्ट्रिय सचेतना अभियानमा नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एनसिस) र नेपाल इन्स्योरेन्स कम्पनी (एनआईसी) बीच सहकार्य भएको छ । प्रदेश १, २ र ३ का विभिन्न स्थानमा हुने १० कार्यक्रममा सहकार्य गर्ने विषयमा दुई संस्थाबीच एमओयू भएको हो ।
एमओयूमा एनसिसका तर्फबाट अध्यक्ष लक्ष्मी श्रेष्ठ र एनआईसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले हस्ताक्षर गरे । उक्त एमओयूमा सम्झौतासँगै नेपाल इन्स्योरेन्स कम्पनी घुम्ती बीमाअन्तर्गत हुने १० कार्यक्रमको सहप्रायोजकको रुपमा जोडिएको छ । कार्यक्रमको मुख्य प्रायोजक प्रभु लाइफ इन्स्योरेन्स कम्पनी हो ।
घुम्ती बीमा राष्ट्रिय सचेतना अभियानको चैत ९ गते उदयपुरको बेलका नगरपालिकाबाट उद्घाटन हुँदैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्