Skip to content
LAXMI SUNRISE BANK

नेपाल इन्भेष्टमेण्ट बैंकको दशौं एक्स्टेन्सन काउन्टर ललितपुरको हात्तिवनमा

अर्थ सरोकार

काठमाडौं – नेपाल इन्भेष्टमेण्ट बैंकले ललितपुरको हात्तिवनस्थित काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशन एण्ड स्कुल अफ आट्समा दशौं एक्स्टेन्सन काउन्टर खोलेको छ ।
काउन्टरको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, के युका प्रमुख कार्यकारी अधिकृत मुकुन्दप्रसाद उपाध्याय, के यु स्कुल अफ एजुकेशनका डिन प्रा.डा.महेशनाथ पराजुली तथा का डिनप्रा.डा. सागरराज शर्माले संयुक्त रुपमा उद्घाटन गरे ।
काउन्टरले केयु हात्तिवनकोरकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्नेछ । स्कुल अफ आट्स विषयमा पि.एच.डीसम्मको पढाइ हुने के युमा ६ सय बढी विद्यार्थीहरु अध्ययनरत छन । विगत १२ वर्षदेखि बनेपास्थित काठमाडौं युनिभर्सिटीसंगको नातालाई अझै फराकिलो पार्ने उदेश्यले बैंकले एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको हो ।
बैंकले अहिले ७८ वटा शाखा कार्यालय,९ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा, १११ वटा एटिएम तथा ३,६६५ वटा पिओएस् मेसिनबाट सेवा दिइरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK