काठमाडौँ – एनआईसी एशिया बैंकले पशुपति क्षेत्र विकास कोषलाई ४ थान वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालको आतिथ्यतामा वातावरण मैत्री घुम्ती शौचालय हस्तान्तरण गरिएको हो ।
वातावरण मैत्री घुम्ती शौचालयको सहि प्रयोजन तथा सम्बद्र्धनबाट भविष्यमा बढी भन्दा बढी दर्शनार्थीहरुले हिन्दुहरुको आराध्य देवको बास भएको पाशुपति क्षेत्रमा सहज रुपमा उक्त क्षेत्र दर्शन भ्रमणमा सहयोग पुग्ने अपेक्षा गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानले बताए ।
साथै, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले यस शौचालय वातावरण मैत्री भएको कारणले गर्दा वातावरणमा थप अनुकुल हुने जनाउद बैंकबैंकले गरेको यस्तो सामाजिककार्यको उच्च प्रशंसा गरे ।
हालसम्म बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्