काठमाडौँ – प्रभु बैंकले नयाँ शाखा ताप्लेजुङ्ग जिल्लाको फुङ्गलिङ्ग नगरपालिका वडा नं. ४ मा फुङलिङ्ग शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका उक्त शाखा सञ्चालनमा ल्याएको हो । बैंकको फुङलिङ्ग शाखा कार्यालयको फुङलिङ्ग नगरपालिकाका मेयर छत्रपती प्याकुरेलले एक समारोहका विच उद्घाटन गरे ।
बैंकको फुङलिङ्ग शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा ताप्लेजुङ्ग जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी तथा फुङलिङ्ग नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले प्रभु बैंकले स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा आफ्नो शाखा कार्यालयहरु सञ्चालनमा ल्याएर बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्दै अब फुङलिङ्ग नगरपालिकाबासीहरुलाई नजिकैबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सहि सदुपयोग गर्न आव्हान गरे ।
आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको फुङलिङ्ग शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र फुङलिङ्ग नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्