×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको १७ औं साधारण सभा : संस्थागत र साधारण सेयर स्वामीत्व परिवर्तन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभु बैंकको १७ औं साधारण सभा : संस्थागत र साधारण सेयर स्वामीत्व परिवर्तन

२० फाल्गुन २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रभु बैंकले प्रस्तावित ८ प्रतिशत बोनस शेयर पारित गर्दै १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले आइतबार सञ्चालक समितिका अध्यक्ष देवी प्रकाश भट्टचनको अध्यक्षतामा केन्द्रिय कार्यलयमा १७ औं वार्षिक साधारण सभा सम्मन्न गरेको हो । साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित आ.व. ०७४÷०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूची सहितको वित्तीय विवरणहरु पारित गरको छ । यस्तै साधारण सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको आ.व. २०७४÷७५ को एकीकृत वित्तीय विवरण पनि पारित गरेको छ । साधारण सभाले ८ प्रतिशत बोनस पारित गरेसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड २६ लाख रुपैयाँ पुगेको छ ।
यस्तै बैंकले संस्थापक र साधारण सेयरको संरचना पनि परिवर्तन गर्ने निणर्य गरेको छ । बैंकले संस्थापक तर्फ रहेको ६१.३१ प्रतिशत र सर्वसाधारणमा रहेको ३८.६९ प्रतिशतको शेयर स्वामित्वलाई परिवर्तन गरी संस्थापक तर्फ ५५ प्रतिशत र सर्वसाधारण तर्फ ४५ प्रतिशत कायम हुने गरी बैंकको जारी तथा चुक्ता पूँजीको संरचना परिवर्तन गर्ने निर्णय गर्दै त्यसको लागि बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेका हो । यसको साथै बैंकको साधारण सभाले मर्जर तथा प्राप्तिको लागि मान्यताप्राप्त मुल्याँकनकर्ता नियुक्ती लगायतको प्रक्रियाको लागि सञ्चालक समितिलाई अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।
बैंकले १६५ शाखा कार्यालय, १३२ वटा एटिएम मेशिन, १० वटा एक्स्टेन्सन काउण्टर र देशका विभिन्न स्थानमा रहेका शाखा रहित बैंकिङ्ग सेवाको माध्यमबाट १२ लाख भन्दा बढि ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ । साथै निकट भविष्यमा देशका विभिन्न स्थानमा थप २८ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालन गर्ने तयारी गरिरहेको बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी