काठमाडौँ – प्रभु बैंक लिमिटेडले संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका वडा नं. १ मा खाँदवारी शाखा र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ मा गाईघाट शाखा कार्यालय सञ्चालन गरेको छ । आइतवार ती शाखा कार्यालयबाट सेवा शुरु गरेको हो ।
खाँदवारी शाखा कार्यालयको खाँदवारी नरपालिकाका मेयर मुरारीप्रसाद खतिवडा एक समारोहका बीच उद्घाटन गरेका हुन् । त्यसैगरी, गाईघाट शाखाको प्रदेश सभासद हिमाल कार्कीले उद्घाटन गरेका हुन् ।
खाँदवारी शाखा कार्यालय र गाईघाट शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्नसरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्