
- मनोज आत्मीय / अर्थ सरोकार डटकम
काठमाडौँ – कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिंदा अन्य कुनै बैंकमा ऋण छ वा छैन, वा अन्य बैंकको ऋण नतिरी कालोसूचीमा पो परेको छ कि भनी कर्जा सूचना केन्द्रबाट क्लियरेन्स लिने चलन छ । तर सरेकारी काममा नै कालोसूचीमा परेका कम्पनीहरुलाई हेर्ने चलन नहुँदा बैंकको ठूलो रकम जोखिमपूर्ण हुन थालेको छ । यस्तै भएको छ प्राइम कमर्सियल बैंकको हकमा पनि। बैंकले सरकारी काममा ब्ल्याकलिष्टमा भएको कम्पनीलाई ५ करोड ऋण प्रवाह गरेको तथ्य खुलेको छ । केही वर्ष अघि नेपाली सेनामा चुस्ताको काम गर्दा नक्कली सामान हालेको भन्दै सेनाले कालोसूचीमा राखेको घिसिङ एण्ड डेभलपर्स कम्पनी प्रालिलाई बैंकले ऋण दिएको तथ्यको प्रमाण अर्थ सरोकार डटकमले फेला परेको छ ।
कम्पनी ब्ल्याकलिष्टमा छ भन्ने जान्दाजान्दै कर्जा ?
यता नेपाली सेनाको स्रोतले दिएको जानकारी अनुसार बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नारायणदास मानन्धरलाई उक्त कम्पनी सेनाको कालोसूचीमा छ भन्ने थाहा थियो । तर उक्त कम्पनीकी सञ्चालक विना तामाङको श्रेस्ता दर्ता कामय रहेको टेकुस्थित ०–१३–०–० क्षेत्रफलमा रहेको घर जग्गाको मूल्यांकन गरी ५ करोड ऋण प्रवाह गरिएको छ । अर्थ सरोकार डटकमलाई बैंकको गोप्य स्रोतबाट प्राप्त पत्र हेर्ने हो भने शुरुमा कर्जा तरलता अभावका कारण देखाउँदै बैकले ऋण दिन नसकेको जानकारी गराए पनि अन्ततः ऋण दिएको छ । यता अन्त्यमा कमिसनमा कुरा मिलेपछि मानन्धारले एकाएक दुई दिन लगाएर बैंकको तरलता न्यून हुँदै गएको उल्लेख गरी ५ करोड उपलब्ध गराएको पत्र मार्फत जानकारी गराइएको बैंक स्रोतको दावी छ । घिसिङ एण्ड डेभलपर्स कम्पनीी सञ्चालिका तामाङ विभिन्न काममा विवादित ठेकेदार चन्द्र घिसिङकी श्रीमती हुन् ।
विवादित घर-जग्गा राखेर ऋण ? बाउन्स चेक प्रकरणमा समेत मुछियो कम्पनी !
सबैभन्दा अचम्मको कुरा त के छ भने जुन घर र जग्गालाई बैंकले सुरक्षण मानेर धितो प्रवाह गरेको छ उक्त घर र जग्गा नै मुद्दामा परेको छ । गिता डंगोलको नाममा रहेको काठमाडौं महानगरपालिका, टेकुस्थित १३ आना जग्गामा बनेको उक्त घर घिसिङले चलाखीपूर्ण तरिकाले आफ्नी श्रीमतीको नाममा नामसारी गरेको भन्दै उक्त घरजग्गा नै विवादमा छ । यसरी ‘रिस्क एसेसमेन्ट’ नगर्दा बैंकको करोडौं रकम जोखिममा परेको छ । उक्त घरको विषयमा घिसिङबाट पीडित चार जना व्यक्तिले अदालतमा मुद्दा हालिसकेका छन् । त्यसैगरी घिसिङले हरिसिद्धि इटा टायल कारखानामा काम गर्ने योल हाउजिङ प्रालिलाई रकम नभएको ६ करोडको चेक दिएको प्रकरण पनि बाहिर आएको छ । यस विषयमा कम्पनीका आधिकारिक व्यक्तिसँग कुराकानी गर्दा कोहि पनि यस विषयमा बोल्न चाहेनन् भने बैंकको कर्जा शाखामा यस विषयमा बुझ्दा आफुहरुले यस विषयमा बोल्न नमिल्ने बताएका छन् ।
यो पनि पढ्नुहोस्
(रिपोर्टर मनोज आत्मीय अर्थ सरोकार डटकममा क्राइम बिट हेर्छन्)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्