काठमाडौँ – स्वदेशी लघुवित्त वित्तीय संस्था शाखा कार्यालय कलुवापुरले करिब ३ सय जनाको सहभागितामा कञ्चनपुर जिल्लाको कलुवापुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले सम्पन्न गरेको एक दिने कार्यक्रम शुक्लाफाटा न.पा का उप प्रमुख तुलसी हमालको प्रमुख आतिथ्य साथै शुक्लाफाटा न.पा वडा नं. ११ का वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रहरी तथा विभिन्न भद्र भलादमिको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
शाखाले गरेको आर्थिक विवरण, समेटेका क्षेत्र तथा लघुवित्त संस्थाहरुले भोगि रहेको चुनौति र वित्तीय साक्षरताको महत्व, उद्देश्य, आम्दानी खर्च, बिमा, विप्रेषण सेवा, वित्तीय अनुशासन आदिको महत्वका बारेमा संस्थाका सामाजिक विकास अधिकृत विकल काफ्लेले प्रस्तुत गरेका थिए । चेतनामूलक भिडियो सामाग्री र बैदेशिक रोजगारीका समस्या समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा बोल्दै शुक्लाफाटा न.पा का उप प्रमुख तुलसी हमालले कर्जा सदुपयोगीता, क्षमता अनुसार कर्जा लिने कुरा, वित्तीय अनुशासन, बचत तथा विमाको महत्तवको बारेमा जोड दिएकी थिइन् । साथै, लघुवित्त कार्यक्रमले महिलामा आर्थिक परनिर्भरता कम भएको र महिला शसक्तिकरणमा पनि ठूलो टेवा पुगेको बताएकी थिइन् ।
उक्त कार्यक्रममा सहभागीहरुले धेरै लघुवित्त संस्थामा कारोवार नगर्न, समुह जमानिको महत्व बुझि कार्य गर्न, मिटर व्याजको दलदलमा नफस्न, आम्दानी अनुसार खर्चको अनुपात मिलाउन साथै आफुहरुले लिएको कर्जा अरुलाई चलाउन नदिन आग्रह गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्