×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्सको नयाँ शाखा जनकपुरमा, मन्त्री बिजयकुमार यादवले गरे उद्घाटन

PRIME CA

अजोड इन्स्योरेन्सको नयाँ शाखा जनकपुरमा, मन्त्री बिजयकुमार यादवले गरे उद्घाटन

५ बैशाख २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

 जनकपुर

काठमाडौँ – अजोड इन्स्योरेन्स लिमिटेडको जनकपुर शाखा कार्यालयको उद्घाटन भएको छ । संस्थाका संचालक रामबहादुर गुरुङ्ग तथा प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीको उपस्थितिमा प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री बिजयकुमार यादवबाट उद्घाटन भएको हो ।
उद्घाटन समारोहमा संस्थाका नायब कार्यकारी अधिकृतसुरेन्द्र थापाले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावीकार्य योजना तथा कम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारेका थिए ।
उक्त कार्यक्रमलाई समापन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत खत्रीले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा संचालनमा रहेको र संस्थाले निर्जिवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु सर्वसाधारण, संघ संस्था, कलकारखानामा तथा कम्पनीहरुलाई छिटो र छरितो तरिकाले उपलब्ध गराउन यस शाखाको स्थापना गरिएको जानकारी गराए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: