Skip to content
LAXMI SUNRISE BANK

बुटवलको मैनबगरमा कामना सेवा विकास बैंकको नयाँ शाखा विस्तार, शाखा संख्या ७९ पुग्यो

अर्थ सरोकार

बुटवल

काठमाडौं – कामना सेवा विकास बैंकको नयाँ शाखा बुटवलको मैनबगरमा विस्तार भएको छ । बुटवल नगरपालिकाको वडा नं ०२, मैनाबगरमा आफ्नो ७९औं शाखा कार्यालय स्थापना गरि कारोबार शुरूवात गरेको हो ।
बैंकका संचालक भिमप्रसाद तुलाचनले उक्त शाखाको कारोबार शुभारम्भ गरेका थिए ।सञ्चालक तुलाचनले उक्त शाखाको उद्घाटन भएसँगै बैंकले व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउने तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा जानकारी दिए ।
हाल सम्म ७८ वटा शाखा तथा ३३ वटा एटिएम मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले एविविएस्, इन्टरनेट व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सी एएस्विस लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको बैंकले जानकारी दिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK