काठमाडौँ – सिटिजन्स बैंकले “सिटिजन्स बारापर्सा हुरी पिडित राहतकोष २०७५” को स्थापना गरेको छ । बैंकले बारा र पर्सामा आइतबार आएको विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले उक्त कोषको निर्माण गरेको हो ।
उक्त कोषमा बैंकले १० लाखको सहयोग जम्मा गर्ने निर्णय गरेको छ । साथै बैंकले प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउने प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेको छ ।
बैंकले गरेको सामाजिक उतरदायित्वको यो कार्यलाई हातमा हात मिलाउदै पीडितहरुको दुःखको घाउमा मलम लगाउन आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरुले आफुलाई पायक पर्नेे सिटिजन्स बैंक इन्टरनेसनलको जुनसुकै शाखा कार्यालयबाट“सिटिजन्स बारापर्सा हुरी पिडित राहत कोष २०७५”को खाता नं ००१०१००००३१६७२०१ मा रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
उक्त खातामा सहयोग गर्ने मानीससले आफ्नो नाम ठेगाना र सहयोग रकम बैंकको वेवसाईट तथा सूचनापाटीमा प्रकाशित गरिनेछ ।
हालसम्म बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा एटिएम. र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव ४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्