Skip to content
LAXMI SUNRISE BANK

बाल भविष्य योजना अन्तर्गत सिटिजन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

अर्थ सरोकार

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन बाल भविष्य योजना अन्तर्गत मृत्यु दाबी भुक्त्तानी वापत बुधबार ३ लाख रुपैंया रकम हस्तान्तरण गरेको छ । बर्दिबासमा एक कार्यक्रमको आयोजना गरी स्वर्गीय मिनबहादुर थापाकी श्रीमती भिमकुमारी थापालाई उनका बीमित छोरीको हकमा उक्त्त रकम प्रदान गरिएको हो ।
बर्दिबास नगरपालिकाका मिनबहादुर थापाकी धर्मपत्नी भिमकुमारी थापालाई प्रदेश सभाका सांसद शारदा थापा तथा बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष प्रलाद क्षेत्रीले संयुक्क्त रुपमा बीमाङ्क रकम वापत रु २लाख ५० हजार र काज क्रिया खर्च सुविधा अन्तर्गतको रु ५० हजार गरि जम्मा रु ३ लाखको चेक हस्तान्तरण गरेको हो ।
सिटिजन बाल भविष्य योजना अन्तर्गत प्रस्ताव कमिनबहादुर थापाको मृत्यु पश्चात बीमित छोरी सुमना थापाले बीमा शुल्क नतिरिकनै बीमा १५ वर्षसम्म मासिक रु २५सयको हिसाबले जम्मा रु ४लाख ५० हजार साथै परिपक्व मितिमा थपबीमाङ्कको रु २ लाख ५० हजार बोनस रकम प्राप्त गर्नेछन् ।
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पहिलो पटक ल्याएको सिटिजन जीवन सारथी योजना अन्तर्गत बीमितले ९० वर्षको उमेरसम्म पैसा पाउने छन भने क्रिटिकल केयर प्लस मार्फत बीमितले सर्वाधिक २० घातक रोगहरु विरुद्ध ५० लाख सम्मको औषधि उपचार खर्च प्राप्त गर्नेछन् । नेपालभर ६३ विभिन्न ठाँउहरुमा आफ्नो शाखा विस्तार गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK