Skip to content
LAXMI SUNRISE BANK

सिटी एक्सप्रेस मनि ट्रान्सफरको अन्तराष्ट्रिय सञ्जाल बढ्दै, बेलायतमा पनि खुल्यो शाखा

अर्थ सरोकार

काठमाडौँ – सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.केको औपचारिक उद्घाटन समारोह आइतबार यू.केको रेडीङ स्थित कार्यालयमा सम्पन्न भएको छ । 
उक्त कार्यक्रममा यु.के का लागि नेपालका राजदूत डा.दुर्गा बहादुर सुवेदी प्रमुख अतिथिका रुपमा रहनुभएको थियो । साथै NRN यू.के का अध्यक्ष योग कुमार फगामी, रेडिङ नेपाल समाजका अध्यक्ष टेक बहादुर गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपालका प्रबन्ध निर्देशक चन्द्र टण्डन, सिटी एक्सपे्रस मनी ट्रान्सफर नेपालका उपाध्यक्ष डोल राज शर्मा, सिटी एक्सप्रेस मनी ट्रान्सफर जापानका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत महेश कुमार श्रेष्ठ र सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.के लिमिटेड का प्रबन्ध निर्देशक करम बहादुर गुरुङ्गले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । 
सिटी एक्सप्रेस मनी ट्रान्सफर यू.केले आफ्नो सेवा मोवाइल एप्लिकेशन र अनलाईन बाहेक यू.के भर आफ्ना प्रतिनिधि मार्फत पनि दिने योजना बताएको छ साथै छिट्टै नै यू.के बाट नेपालमा मात्रै सिमित नभई विश्वभर बिप्रेषण सेवा दिने योजना पनि सार्वजनिक गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १२ बर्ष देखि विश्वका विभिन्न मुलुक बाट रेमिटान्स भित्र्याउदै नेपालको ७००० भन्दा बढि एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK