×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नुवाकोटमा ग्लोबल आइएमई बैंकवाट सहुलियतपूर्ण कर्जा वितरण

PRIME CA
GLOBAL IME BANK

नुवाकोटमा ग्लोबल आइएमई बैंकवाट सहुलियतपूर्ण कर्जा वितरण

१८ चैत्र २०७५, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

 नुवाकोट

काठमाडौं – ग्लोबल आइएमई बैंकले नुवाकोटको त्रिशुली शाखाले ६ जना भुकम्प पिडितलाई आवास निर्माण कर्जा वितरण गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले भुकम्प पिडितहरुको निजि आवास निर्माणका लागि कर्जा वितरण गरेका हुन् ।
स्थानीय सरकारको सहयोगमा घरनबनाएका भूकम्प पिडितहरुको घरघरमा गएर समस्याको पहिचान गर्ने र सरकारले अनुदान दिएर घर बनाउन लगाउँदा पनि लाभग्राहीले आनाकानी गरेमा सरकारले विशेष निगरानी राखेर वास्तविकता पत्ता लगाउने श्रेष्ठले बताए । सोही समारोहमा बैंकका रिटेल बैंकिङ्ग प्रमुख नरहरि सिलवालले विभिन्न तीन जना ग्राहकहरुलाई कृषि तथा पशुपंक्षी कर्जा र महिला उद्यमशिल कर्जा वितरण गर्दै लगानी गरेर प्रतिफल प्राप्त गर्न सक्ने जानकारी छ ।
बैंकले १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२४ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: