काठमाडौं – नयाँ वर्षमा ग्लोबल आइएमई बैंकले बचत सम्बन्धी नयाँ योजना ल्याएको छ । ग्लोबल आइएमई बैंकले ‘समृद्धसँग जोडौं नाता’ सबै नेपालीको बैंक खाता’ अभियान अन्तर्गत “सबै नेपालीको बचत खाता” शिर्षकको नयाँ बचत खाता सञ्चालनमा ल्याएको हो ।
नेपाल सरकारले शुरु गर्न लागेको अभियानलाई सघाउने उद्धेश्यले बैंक खाता नहुने नागरिकहरुलाई लक्षित गरि ग्लोबल आइएमई बैंकले नयाँ बचत खाता शुरु गरेको हो ।
आगामी बैशाख १ गतेदेखि खोल्न सकिने यो बचत खाता अन्र्तगत खाता खोल्ने ग्राहकहरुलाई ग्लोबल आइएमई बैंक लि.ले रु. १ सय रुपैयाँ बोनस स्वरुप खातामा जम्मा गरिदिनेछ ।
उक्त खाता ग्लोबल आइएमई बैंकका सबै १३६ शाखा तथा ९ वटा एक्सटेन्सन काउण्टर मार्फत सहजरुपमा नागरिकता, राहदानी, फोटो सहितको मतादाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतीपत्र अथवा कुनै पनि सरकारी निकायले जारी गरेको फोटो सहितको ग्राहकको परिचय खुल्ने कागजातको आधारमा खाता खोल्न सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्