×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकद्धारा भीषण हावाहुरीबाट प्रभावित परिवारलाई राहत सामाग्री वितरण

PRIME CA
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकद्धारा भीषण हावाहुरीबाट प्रभावित परिवारलाई राहत सामाग्री वितरण

१९ चैत्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – महालक्ष्मी विकास बैंकद्धारा भीषण हावाहुरीबाट प्रभावित बनेका परिवारलाई राहत सामाग्री वितरण गरेको छ । बारा र पर्सा जिल्लाका शाखाहरु विरगंज, कलैया तथा प्रसौनी शाखाहरुको तर्फबाट बारा र पर्सा क्षेत्रका विभिन्न स्थानहरुमा आइतबार भएको भीषण हावाहुरीबाट प्रभावित मानिसहरुको उद्धारका लागि राहत सामाग्री वितरण गरेको हो ।
बैंकका तर्फबाट पीडित व्यक्तिहरुलाई रु. १ लाख बराबरको खाद्य सामाग्री, शुद्ध पिउने पानी लगायत तत्काल आवश्यक पर्ने सामानहरु वितरण गरेको छ । बैंकले हावाहुरीबाट ज्यान गुमाउने व्यक्तिहरुका शोक सन्तप्त परिवारहरुप्रति समवेदना व्यक्त गर्नुका साथै आफ्ना शाखाहरु मार्फत थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: