काठमाडौँ – तिब्बतको दक्षिणी मोहडाबाट सगरमाथा आरोहणको लागि प्रस्थान गर्न लागेकी महिला सगरमाथा आरोही तथा राष्ट्रिय पर्यटन पत्रकार संघकी कोषाध्यक्ष कल्पना महर्जनलाई महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले शुभकामना प्रदान गरेको छ ।
गत वर्ष मात्र नेपालको उत्तरी मोहडाबाट सगरमाथाको सफल आरोहण गरेकी महिला पर्वतारोही कल्पना महर्जनलाई आरोहणमा सहयोग पुर्याउन उक्त कार्यको आधिकारीक व्यवस्थापक इक्सपेरियन्स आउटडोर नेपाल प्रा. लिसंग एक लाख प्रदान गर्ने गरी सम्झौता समेत भएको छ ।
‘शिक्षा मार्फत बाल विवाहको अन्त’को नारा लिएर दोस्रो पटक सगरमाथा आरोहणमा जान थालेकी साहसी महिलालाई प्रोत्साहित गर्न संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी लाईफ इन्स्योरेन्स लिले सहयोग गरेको हो ।
सगरमाथा आरोहणको क्रममा कल्पना महर्जनले सगरमाथाको चुचुरोमा महालक्ष्मी लाईफको लोगो अंकित झण्डा फहराउने छिन् । सो कार्यको लागि महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सहयोग रकमको चेक र लाईफ इन्स्योरेन्सको झण्डा कल्पना महर्जनलाई हस्तान्तरण गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्