काठमाडौ – मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको मेगा क्यापिटल मार्केटस् लिमिटेडको औपचारिक शुभारम्भ भएको छ । राजधानीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा समूद्घाटन गरे ।
मेगा क्यापिटल मार्केट्सलाई शुभकामना दिँदै धितोपत्र बोर्डका अध्यक्ष डा. कार्कीले नेपालमा मर्चेन्ट बैंकिङको विकासक्रम बढ्नु खुसीको कुरा रहेको बताए । मर्चेन्ट बैंकिङको बजार काठमाडौँ बाहिर पनि विस्तार भएकाले ग्राहकहरुले कम लागतमै सहज र सरल ढंगले सेवा पाउन थालेको बताए ।
यसैगरी, मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष शाहले मेगा क्यापिटलले छोटो समयमै प्रगति गर्ने विश्वास व्यक्त गरे । मेगा बैंकको शतप्रतिशत लगानीमा खुलेको क्यापिटलले पुँजीबजारमा नयाँ किसिमले काम गर्ने उनले बताए ।
मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले मेगालाई सबै नेपालीको बैंक बनाउने योजना अनुसार सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्न मेगा बैंक कटिबद्ध रहेको बताइन्। उनले मेगा बैंकका देशभर छरिएका १०२ शाखाबाट मेगा क्यापिटलका पनि सबै सेवाहरु उपलब्ध गराउने बताइन् ।
मेगा क्यापिटलका अध्यक्ष ईश्वरबहादुर गुरुङले ग्राहकवर्गहरुको सुविधा र लगानी उद्देश्य तथा आवश्यकतालाई ध्यानमा राखी नविनतम र उपयुक्त सेवाहरु पूँजीबजारमा ल्याउनु नै कम्पनीको मुख्य उद्देश्य रहेको बताए ।
पूँजीबजारसँग सम्बन्धित डिम्याट खाता संचालन, निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, संस्थागत परामर्श जस्ता मर्चेन्ट बैंकिङ सेवाहरु आफ्नो त्रिपुरेश्वरस्थित केन्द्रीय कार्यालय, साकेत कम्प्लेक्सबाट प्रदान गरिने मेगा क्यापिटल मार्केट्स लिमिटेडका सिइओ सुदयकान्त झाले बताए ।
मेगा क्यापिटल मार्केटस् लिमिटेडले चैत्र १८ गते मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको थियो । मेगा क्यापिटलको अधिकृत पूँजी ३० करोड छ भने चुक्ता पूँजी २० करोड रुपैँया रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्