×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिथिला लघुवित्तको नयाँ शाखा सर्लाहीको संग्रामपुरमा, राय र साहद्वारा उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मिथिला लघुवित्तको नयाँ शाखा सर्लाहीको संग्रामपुरमा, राय र साहद्वारा उद्घाटन

१० बैशाख २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – मिथिला लघुवित्त वित्तीय संस्थाले सर्लाहीको पर्सा गाउँपालिका वडा नं. २ संग्रामपुरमा नयाँ शाखा कार्यलय संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन पर्सा गाउँपालिका। वडा नं. २ का वडा अध्यक्ष नागेन्द्र राय र संस्थाका अध्यक्ष शिव प्रसाद साहले संयुक्त रुपमा गरे ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउतले वित्तीय संस्थावाट प्रवाहित सेवा सुविधाको बारेमा जानकारी गराए । वित्तीय संस्थाको सेवा सुविधा गरिब मुखि रहेकोले सबैले यस कार्यक्रमलाई सफल बनाई लाभ लिनु पर्ने समेत बताए ।
पर्सा गाउँपालिकाको वडा अध्यक्ष, समाजसेवी तथा बुद्धिजिवीहरु, वित्तीय संस्थाका संचालकहरु, संस्थापक शेयर धनीहरु, कर्मचारी तथा ग्राहक सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै, वडा अध्यक्ष रायले वित्तीय संस्थाले सहर मुखि नभई गाउँमा शाखा खोल्नु सहनिय रहेको र यस कार्यक्रमवाट स्थानिय जनताले प्रत्यक्ष लाभ लिन सक्ने भएकोले वडा कार्यालयको तर्फवाट सहयोग गर्ने बताए ।
संस्थाले हालसम्म २७ वटा शाखा कार्यलय मार्फत गरिब तथा विपन्न वर्गलाई लघुवित्त सेवा प्रदा नगर्दै आएको छ । १८ हजार ग्राहक सदस्यलाई करिब ८५ करोड कर्जा लगानी गरेको छ । साथै, १८ करोड बचत संकलन गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी