×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा म्याग्दीको बेनी र पर्वतको कुश्मामा

 म्यादी काठमाडौँ – मुक्तिनाथ विकास बैंकले म्याग्दी जिल्लाको वेनी तथा पर्वत जिल्लाको कुश्मामा आफ्नो नयाँ शाखा कार्यलय विस्तार गरेको छ ।
वेनी शाखाको समुद्घाटन वेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले गरे । शाखा कार्यालय समुद्घाटन गर्दै श्रेष्ठले बैंकको प्रगतिको कामना र बैंकिङ व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे ।
त्यसैगरी पर्वतको कुुश्मा शाखाको समुद्घाटन पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले गरे । शाखा कार्यालय समुद्घाटन गर्दै ढकालले आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दे सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।
बैंकका अध्यक्ष खिम प्रकाश मल्लले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । उनले विकास निर्माणका कार्यहरुमा यस बैंकले दिनुपर्ने तथा गर्नुपर्ने बैंकिङ हातेमालो गर्न सधै तत्पर रहेको बताए । त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावीदिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: