×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल बैंकिग ईन्स्टिच्यूट र मुक्तिनाथ विकास बैंकबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेशनल बैंकिग ईन्स्टिच्यूट र मुक्तिनाथ विकास बैंकबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

२६ चैत्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेशनल बैंकिग ईन्स्टिच्यूट र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा एनबिआईको तर्फबाट सहायक महा प्रबन्धक धनथापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रद्युमन पोखरेलले हस्ताक्षर गरेको हुन् ।
यस सम्झौतापत्र अनुसार एनबिआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरुबारे मुक्तिनाथ विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबिआई मोबाइल एप्बारे ज्ञान दिलाई आ –आफ्नो ग्राहकमाझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछ ।
साथै बैंकले एनबिआई एप् मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्याथीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । वित्तीय साक्षरताको आवश्यक सामाग्री माझ लैजान एनबिआई मोबाईल एप्को प्रयोगले देशमा वित्तीय साक्षरताको विस्तारमा नयाँ आयामको सुरुवात हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी