काठमाडौँ – मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाडौंको, ढुङ्गाअड्डामा सञ्चालन गरेको छ । बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाडौंको, ढुङ्गाअड्डामा शाखा शुभारम्भ गरेको हो ।
उक्त शाखाको उद्घाटन चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले गरे । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि मेयर गिरीले मुक्तिनाथ विकास बैंकले विभिन्न शिर्षकमा कर्जा उपलब्ध गराई मानिसहरुलाई व्यवसायी बन्नमा पुर्याएको सहयोग उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र ६ लाख बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, मोबाइल बैकिंङ्ग सुविधा, साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका ATM बाट निः शुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्