Skip to content
LAXMI SUNRISE BANK

मुक्तिनाथ विकास बैंकले ल्यायो तीन नयाँ योजना, के के छन् फाइदाहरु ?

अर्थ सरोकार

काठमाडौं – मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी २०७६ वैशाख १ गते देखि लागु हुने गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ । बैंकले भिसा डेबिट कार्ड र मोवाईल बैंकिङ सेवामा सुविधा थप गरेको हो ।
भिसा डेबिट कार्ड अन्तर्गत बैंकले आफ्नो शाखाबाट इन्सटान्ट भिसा डेबिट कार्ड सेवा सुविधा सुरु गरेको छ, यस सुविधा अन्तर्गत ग्राहकले भिसा डेबिट कार्ड को निवेदन फाराम बुझाएको दिनमै ग्राहकहरुले तुरुन्त भिसा डेबिट कार्ड लिन पाउने छन् ।
साथै, मुक्तिनाथ भिसा डेबिट कार्ड बाहक ग्राहकहरुले नेपालको जुनसुकै बैंकका एटिएमबाट बिना कुनै अतिरिक्त शुल्कमा रकम झिक्न मिल्ने सुविधा पनि बैंकले थप गरेको छ । त्यसैगरी मुक्तिनाथ स्मार्ट बैंकिङ एपबाट नेपाल टेलिकमको नम्बरमा रिचार्ज गर्दा १० प्रतिशत तथा एनसेलमा रिचार्ज गर्दा ५ प्रतिशत सम्मको टपअप बोनस सुविधा सञ्चालन गरेको छ ।
हालसम्म बैंकले १ सय १४ वटा शाखा तथा २२ वटा एटिएमबाट करिब छ लाख ग्राहकलाई बैकिङ सेवा प्रदान गर्दै आएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK