×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नबिल बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै, बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल !

PRIME CA
GLOBAL IME BANK

नबिल बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै, बिक्रि प्रबन्धकमा लक्ष्मी क्यापिटल !

१९ चैत्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं -नबिल बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।  बैंकले ऋणपत्र निष्काशन गर्न बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । यस सम्बन्धमा नबिल बैंक र लक्ष्मी क्यापिटलबीच सोमबार सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र लक्ष्मी क्यापिटल मार्केटका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटाले हस्ताक्षर गरेका हुन् । नबिल बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले २० लाख युनिट ऋणपत्र बिक्री गर्न लागेको हो ।
यसमध्ये ४० प्रतिशत अर्थात ८० करोड बराबरको ८ लाख युनिट सर्वसाधारणलाई बिक्री गरिनेछ । बाँकी ६० प्रतिशत अर्थात १ अर्ब २० करोड बराबरको १२ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्तालाई व्यक्तिगत पहलबाट बिक्री गरिने नबिल बैंकले जनाएको छ । ७ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक १०% दरले ब्याज पाइनेछ । ब्याज अर्ध वार्षिक रुपमा भुक्तानी हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: