Skip to content
LAXMI SUNRISE BANK

नेशनल लाईफ इन्स्योरेन्सद्धारा बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर संचालन

अर्थ सरोकार

काठमाडौं – बझाङ्गमा नेशनल लाईफ इन्स्योरेन्सद्धारा नि शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । रामप्रसाद खत्री स्मृती प्रतिस्ठान बझाङ्गको आयोजना तथा खप्तडछान्ना गाउँपालिका र नेशनल लाईफ इन्स्योरेन्सको सह प्रायोजनमा बझाङ्ग जिल्लाको खप्तड छान्ना गाउंपालिका वडा नं. ४ नेटाकाटिया ब्रमस्थलमा पर्ने दुर्गा महालिङ्ग मा.बि.को भवनमा चैत २५ र २६ गते दुई दिने निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सञ्चालन भएको हो ।
उक्त शिविरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल, तिलोत्तमा आंखा अस्पताल, आम्दा हस्पिटल बुटवल र हिमाल डेन्टलका चिकित्सकहरुको संयुक्त टोलिले सेवा प्रदान गरेको थियो । ७ वटा बिशेषज्ञ बिधामा सेवा प्रदान गरिएकोमा सामान्य चिकित्सा तर्फ ६९५ जना, हाडजोर्नी तर्फ ८८१ जना, दन्तरोग तर्फ २६१ जना, आंखातर्फ ३८१ जना, स्त्रीरोग तर्फ ५७६ जना, बालरोग तर्फ १९४ जना, शल्यक्रियातर्फ १० जना गरी जम्मा २ स्वास्थ्य परिक्षण भएकोमासो मध्ये ३९४ जनाको अल्ट्रासाउन्ड, १०१ जनाको ल्याब परिक्षण , ३१ जनाको मोतिबिन्दु अप्रेशन, ५३ जनाको दांतहालेको, १०८ जनाको दांत निकालेको बताइएका छन् ।
सो टोलिबाट लगभग २२ लाख बराबरको निशुल्क औषधी समेत बितरण गरिएको थियो । यस रामप्रसाद स्मृती प्रतिष्ठानले बिशेषज्ञ स्वास्थ्यशिबिर संचालन, गरिव तथा जेहेन्दार बिधार्थीलाई छात्रबृती लगायतका समाज सेवाका कार्यक्रम गर्दै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK