Skip to content
LAXMI SUNRISE BANK

नेशनल माइक्रोफाइनान्सद्धारा हावाहुरी प्रभावितलाई राहत वितरण

अर्थ सरोकार

काठमाडौं – नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड शाखा कार्यालय मोतिसरले विनाशकारी हावाहुरीबाट प्रभावित संस्थामा आवद्ध भएका ग्राहक सदस्यहरुलाई राहत वितरण गरेको छ ।
कलैया उ।म।न।पा।वडा नं १८ मोतिसर स्थित नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड शाखा कार्यालय मोतिसरमा आवद्ध रहेका ग्राहक सदस्यहरुलाई राहत वितरण कार्यक्रमको होत ।
उत्त, कार्यक्रममा प्रमुख अतिथी संस्थाको प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव र सभापतिमा वडा नं १८ का वडाध्यक्ष अम्बिका प्रसाद यादव, अतिथीहरुमा समाजसेवी, विभिन्न पार्टी प्रतिनिधी, बुद्धिजीवी नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेड शाखा कार्यालय सिम्रौनगढको शाखा प्रमुख जय प्रकाश मंडल, शाखा कार्यालय पोखरीयाको शाखा प्रमुख अजयशंकर साह, पत्राकारहरु, सुरक्षाकर्मीहरु र ग्राहक सदस्य तथा अभिभावकहरु गरि करीब ४०० जनाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कुल १८० जना ग्राहक सदस्यहरुलाई जनही चामल १ बोरा, चिउरा २ किलो, दाल १ किलो, चिनी १ किलो, नुन १ किलो, तेल १ लिटर, मशाला १ प्याकेट, झुल १ थान र तन्ना १ थान समाग्रीहरु वितरण गरिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK